अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २६, सोमबार १०:०५

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना भयो, ०७९ जेठ १५ मा । उक्त जहाजमा चालक दलका यात्रुसहित २२ जनाको मृत्यु भयो ।

०७९ माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलायन्सको जहाज दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा ७२ यात्रुको मृत्यु भयो ।

०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट मर्मत गर्न पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भयो ।
यसरी निजी वायुसेवाका अन्य जहाज दुर्घटना भइरहँदा त्यसको फाइदा बुद्ध एयरले लिइरह्यो ।

जहाजबाट यात्रा गर्नेले बुद्ध एयर नै रोज्न थाले । बुद्ध एयरको टिकट पाउनै मुस्किलको अवस्था बन्यो । बुद्धको टिकट नपाए यात्रासमेत क्यान्सिल गर्नेहरू धेरै थिए ।

अन्य जहाज कम्पनीहरूको सुरक्षामा ध्यान नपुर्‍याउँदा बुद्धले त्यसको फाइदा उठाइरह्यो ।

यसरी हेर्दा बुद्ध एयरले पछिल्ला केही वर्षयता नेपाली आकासमा एकछत्र राज गरिरहेको छ । तर, यात्रुले अत्यधिक विश्वास गरेको बुद्ध एयरले पछिल्लो समयमा लगातार लापरवाही तरिकाले उडान भरिरहेको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

उनका अनुसार कैयौँपल्ट प्राधिकरणले मौसमका कारण नउडाउन भन्दाभन्दै पनि अटेर गरेर बुद्धले जहाज उडाइरहेको छ ।

अझै बिहीबार ६२ यात्रु बोकेको ९एन–एएनएच कलसाइन विमान जनकपुरबाट काठमाडौं आयो । विमान काठमाडौं आइपुगे पनि अगाडिको टायर आइपुगेन ।

बिहीबार (फागुन २२) जनकपुरबाट काठमाडौंका लागि बेलुका ५ः४५ मा उडेको जहाजको अगाडिको टायर उतै छुटेको थियो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, उताबाट उड्दा नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुर विमानस्थलको टर्निङ प्वाइन्टमा भेटियो । उक्त जहाजको टायर जनकपुरमा छुटेको काठमाडौंमा आएर ‘पोस्ट फ्लाइट चेक’ गर्दा भेटिएको थियो । उक्त जहाजको टायर छुटेको कुरा स्टाफ र पाइलट कसैले पनि थाहा पाएनन् ।

“विमानको टायर उतै छ भन्ने कुरा यहाँ पोस्ट फ्लाइट चेक गर्दा देखियो,” भुलले भने, “जनकपुरमा सम्पर्क गरेपछि चेक गराउँदा त्यहाँ रहेको देखियो ।”

प्राधिकरणका अर्का एक अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा लगातार समस्या देखिइरहेको छ । २०७९ चैत १३ मा टेकअफमा समस्या, २०८१ भदौ ३१ मा ह्विल लक हुँदा उड्न नसक्ने समस्या देखिएको बुद्धको जहाज २०८१ असार २७ राति साढे ९ बजे भैरहवामा चिप्लिएर धावन मार्गबाहिर पुगेको थियो । जहाज चिप्लिएर धावनमार्गको छेउतर्फ पुगेको थियो । ५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिए पनि सम्भावित दुर्घटनाबाट बच्यो ।

यात्रुले आँखा चिम्लेर विश्वास गर्न थालेपछि बुद्धले कतिपय समस्या नजरअन्दाज गर्न थालेको देखिएको ती अधिकारीको टिप्पणी छ ।

गत असोज १० देखि अविरल वर्षा हुँदा नागरिक उड्डयन प्राधिकरणले उडान बन्दको सर्कुलर गर्दा पनि बुद्धको जहाजले त्यसलाई अटेरी गरेको थियो । अर्थात् बुद्ध आफैँ नियामकभन्दा माथि रहेको देखाउन थालेको हवाई क्षेत्रका जानकारहरू बताउँछन् ।

बिहीबारको जनकपुर–काठमाडौं जहाजको टायर उतै छुट्नुमा पनि विमान कम्पनी र नियामकको कमजोरी रहेको जानकारहरू बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भूल टायर खसेको समस्या नौलो भएको बताउँछन् ।

“यो नर्मल घटना छैन । ल्यान्डिङ गियर भाँचिएको घटना रेयर हो,” उनले भने, “प्राधिकरणले एउटा आन्तरिक छानबिन समिति गठन गरेको छ । समितिले सेफ्टी इन्भेष्टिगेसन गरिरहेको छ । बुद्धले पनि आफ्नो तरिकाले काम गरिरहरेको छ ।”

प्राधिकरणले जहाज निर्माता कम्पनी एटीआरलाई रिपोर्टिङ गरी छानबिन गरिरहेको भुलले जानकारी दिए ।

“हामीले गरेको छानबिन एटीआर कम्पनीसँग पनि सेयर गर्छौं । त्यसको फाइनल कन्क्लुजन के आउँछ त्यसको आधारमा अघि बढ्छौं,” उनले भने ।

ग्राउन्डेड जहाजको भने मर्मत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

“जहाज ग्राउन्डेड गरिराख्ने कुरा भएन । अगाडिको सम्पूर्ण पार्ट निकाल्ने र त्यसलाई पुरै रिप्लेस गरिसकेपछि मात्रै जहाजलाई सर्भिसमा ल्याउने तयारी छ,” उनले भने ।  जहाजका इन्जिनियर र पाइलट दुवैलाई सेवामा नराखेको क्यान बताउँछ ।

“यो घटना अलि अनौठो भयो, त्यसकारण हामीले पाइलट र इन्जिनियर दुवैलाई सेवामा राखेका छैनौं,” उनले भने, “जहाजको छानबिन सकिएपछि त्यसबारे विस्तृत जानकारी आउला ।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार