अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २५, आईतवार १६:०८

२५ फागुन, काठमाडौं । सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिन्छन् । ‘केही समय यता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ’, उनले भने ।

तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ ।

पूर्वराजा ज्ञानेन्द्र देशका विभिन्न क्षेत्रको भ्रमण गरेर काठमाडौं फर्किँदैछन् । उनलाई स्वागत गर्ने क्रममा राजावादीहरूले आइतबार पूर्वराजाप्रति जनताको मत बुझ्ने प्रयास अन्तर्गत र्‍याली निकाल्दैछन् ।

पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरर सरकारले सुशासन कायम गर्न सक्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका सांसद युवराज शर्मा । यसो भए व्यवस्था विरोधी अभियान स्वतः निस्तेज भएर जाने उनको विश्वास छ । यसका लागि गणतन्त्रवादी दलहरूका बीचमा सहमति र सहकार्य आवश्यक रहेको उनको सुझाव छ ।

‘संविधानवादी राजनीतिक दलहरूबीच सहमतिको अधिकतम पहलको अपेक्षा राख्दछु’ उनले भने । कांग्रेस सांसद शर्माले सरकारसँगै यस्तो अपेक्षा राखेका हुन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार