अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २४, शनिबार १८:०७

काठमाडौं । सात किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन् ।

सात किलो १६५ ग्राम अवैध लागुऔषध गाँजासहित शुक्रबार (फागुन २३) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल छन् । नेपाल एयरलाइन्सको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै उनीहरू काठमाडौं आएका थिए ।

अजितका साथबाट चार किलो २७० ग्राम गाँजा बरामद गरिएको छ । एनका साथबाट दुई किलो ८९५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरोमा पठाइ

एको छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार