अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २२, बिहीबार ११:५१

२२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भन्सार शुल्कबारे टेलिफोन वार्ता भएको छ। 

टेलिफोन वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रुडोलाई ‘क्यानडाको गभर्नर’ भनेर सम्बोधन गरेका छन्।  ‘मैले क्यानडाका गभर्नर जस्टिन ट्रुडोलाई भनें कि कमजोर सीमा नीतिका कारण हाम्रो अगाडि उत्पन्न भएका समस्याहरूलाई उनले ठूलो हदसम्म बढावा दिएका छन्। यी नीतिहरू कैयौं मानिसको मृत्युसँग सम्बन्धित छन्,’ ट्रम्पले लेखेका छन् ।  

उनले अगाडि लेखेका छन्, ‘जस्टिन ट्रुडोले मलाई फोन गरेर भन्सार शुल्कबारे के गर्न सकिन्छ भनेर सोधे ।‘

ट्रम्पको स्टाटसमा भनेका छन्, ‘मैले उनलाई धेरै मानिसहरू फेन्टानिल (नशालु पदार्थ) का कारण मरेकाबारे बताएँ, जुन क्यानडा र मेक्सिकोको सीमाबाट अमेरिका आउँदैछ, र यो प्रवाह रोकिएको मलाई देखाउने प्रमाण छैन ।‘

प्रतिक्रियामा ट्रुडोले स्थिति पहिलेभन्दा राम्रो छ भने पनि ट्रम्पले यो पर्याप्त नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार, अन्ततः वार्ता केही हदसम्म मैत्रीपूर्ण ढंगले टुंगिएको थियो। 

क्यानडामा चुनाव कहिले हुन्छ भनेर बताउन ट्रुडो असफल रहेको ट्रम्पले बताएका छन् । ‘ट्रुडो क्यानडामा चुनाव कहिले हुन्छ भनेर बताउन समर्थ भएनन् जसले मेरो जिज्ञासा झन् बढायो‘ उनले लेखेका छन्, ‘त्यसपछि मलाई उनी सत्ता टिकाइराख्न यस मुद्दालाई उपयोग गरिरहेका छन् भन्ने लाग्यो ।‘ 

डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आउने उत्पादनहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । 

यसको प्रतिक्रियामा क्यानडाले पनि प्रतिरोधात्मक भन्सार शुल्क घोषणा गरेको छ। यसबाहेक, क्यानडालाई अमेरिका ५१औं राज्य बनाउन ट्रम्पले गरेका दाबीहरूका कारण पनि दुवै देशबीच तनाव बढिरहेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार