अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन ९, शुक्रबार १६:०९

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयहरूबीचको मूल्यांकनमा दोस्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौ वटा सम्पन्न गरिसकेको छ।

मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ।

यसैगरी, सुरू भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा समेत मन्त्रालयले ७० अंक प्राप्त गरेको छ। जुन सामाजिक क्षेत्रमा कार्यरत् मन्त्रालयहरूमध्ये उच्च रहेको दाबी बुढाथोकीको छ।

यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलार्ई ८१ दशमलव ८ अंक प्रदान गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार