अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन ९, शुक्रबार १७:०६

काठमाडौं – कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरे २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो।

२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।

त्यसबेला वीरमानसिंहसहित चार जना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन्।

तामाङको खुट्टा बाँधेर घाटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो। हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो।

वीरमानसिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार