अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ४, शुक्रबार ००:०२

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको।’

उनले मिडियालाई पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यति घिन लाग्दो मिडिया ट्रायल?।’

यता कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ । यसअिघ लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै सभामुखलाई पत्रसमेत पठाएका थिए ।

आज पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । सहमति नजुट्दा ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सञ्चालन हुन सकेको छैन ।

अहिले सभामुख देवराज घिमिरे र प्रमुख दलहरूबीच छलफल जारी नै छ । कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार