अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ३, बिहीबार २३:३३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।

बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्।

सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए। जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।

नेकमा माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए। त्यसअघि नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत सम्बन्धी प्रस्ताव सदन समक्ष पेस गरेका थिए।

बैठक सुरू हुनासाथ मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको भन्दै कांग्रेस र नागरिक उन्मुक्तिका पाँच जना सांसदले नाराबाजी गरेका थिए।

नाराबाजीकै बीच मुख्यमन्त्री पक्ष र विपक्षमा विश्वासको मत विभाजन गर्न सभामुख भीम भण्डारीले हस्ताक्षरका लागि समय दिएका थिए। त्यसपछि कांग्रेस नागरिक उन्मुक्ति र एक जना राप्रपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार