अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ३, बिहीबार २२:४६

राजनीतिक दलको कार्यकारी पदमा बहाल रहेका शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन कार्यान्वयन भए नभएको विवरण १५ दिन भित्र उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा अन्तरगतको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको हो ।परिपत्रमा भनिएको छ- ‘राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीलाई प्रचलित कानुन बमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषयका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् र ती मध्ये कति शिक्षकलाई पदाधिकार रहेको विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरिएको छ सो सम्बन्धमा हालसम्मको प्रगति विवरण यो पत्र प्राप्त गरेको मितिले १५ दिनभित्र यस केन्द्रमा उपलब्ध गराउनु हुन निर्णयअनुसार अनुरोध छ ।’केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको गत वैशाख २८ गतेको निर्णय कार्यान्वयनका लागि यो परिपत्र गरिएको केन्द्रका निर्देशक नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार