अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १९, बुधबार १०:४७

सुनचाँदी खोस्ने, पकेटमारी गर्ने घटनामा भारी बृद्धि भएपछि प्रहरीले जानकी मन्दिरमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

गर्भगृह अगाडि दर्शनार्थीहरुको भीड हुन नदिन मन्दिरमा लाम लगाउने व्यवस्था गरिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै लाम लगाएर दर्शनको व्यवस्था गरिएको छ ।मन्दिरमा दर्शनार्थीहरुको भीड हुने बेला महिला र पुरुष लाइनको निगरानी गर्न महिला र पुरुष प्रहरीको छुट्टाछुट्टै व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी महेश्वर तिवारीले बताएका छन् । ‘भीडको बेला लाइनलाई व्यवस्थितगरि स्नेचिंग र पकेटमारी हुन नदिन सुरक्षाकर्मीलाई सतर्क गराइएको छ’ उनले भने, मन्दिरको गर्भगृह लगायतका स्थानमा रहेका सीसीटीभी क्मराहरुको मर्मतसंभार गरी सञ्चालनमा ल्याइएको छ ।आन्तरिक र वाह्य पर्यटकको भीड बढेसँगै केही घटनाहरु भएको स्वीकार्दै एसपी तिवारीले भने–‘जानकी मन्दिर परिसरलाई पूर्ण रुपमा सुरक्षित बनाउन विशेष प्रहरी परिचालन गरिएको छ ।’ मन्दिरको गर्भगृहको अगाडि भाग सम्म सर्वसधारण गएर दर्शन गर्ने क्रममा चोर, पकेटमारहरुले महिलाको नाक, कान, घाँटीबाट सुन, हिराका बहुमुल्य गरगहनाहरु खोस्न थालिएको छ ।पकेटमारीको घटनामा समेत बृद्धि भएको छ । मन्दिर परिसर र बाहिरीद्वारमा रहने गरेका भिखारीहरुलाई हटाइएको छ । भारतबाट आउने भिखारीहरुलाई सीमा नाकाबाट नै छिर्न रोक लगाइएको एसपी तिवारीले जनाए । ‘जानकी मन्दिर परिसर र वरिपरि छिमेकबाट आएका भिखारीहरु रहने र उनीहरुसँगै भएका मानिसहरु पनि घटनामा संलग्न भएको देखिन्छ’ उनले भने–‘ शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिन प्रहरी कार्यमा जुटेका छन् ।’ गत मंगलवार भारतको बैंगलुरुबाट आएका महिला पर्यटकहरु जानकी मन्दिरमा दर्शन गर्न गएको बेला गर्भगृह नजिकबाट १ सय १० ग्राम सुन खोसिएको थियो ।त्यस मध्ये एक जना महिलाको ७० ग्रामको र एकजना महिलाको ४० ग्रामको सुनको सिक्री रहेको पीडितहरुले जनाएका छन् ।

एसपी तिवारीले सुन खोस्नेहरुको पहिचान भइसकेको र चाँडै नै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सुन बरामद गरिने बताएका छन् । मन्दिरमा बढेको भीडलाई व्यवस्थित गरिएसँगै गरगहना खोस्ने र पकेटमार्ने घटना रोकिएको उनले बताए ।

भारतको अयोध्यामा भगवान रामललाको प्राणप्रतिष्ठा भएसँगै जनकपुरधाममा हिन्दू पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार