अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १९, बुधबार १०:४०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ।

मूल्यवृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार