अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १८, मंगलवार ०९:३०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नै दलभित्रको समस्या मिलाउन सकस भइरहेकाले सरकार विस्तार हुन सकिरहेको छैन । एमालेभित्र कुन गुटबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेको स्रोतको दाबी छ । एमालेभित्र एउटा गुटको नेतृत्व कँडेलले गरेका छन् भने अर्को गुटको नेतृत्व सांसद विनोद कुमार शाहले गरिरहेका छन् । शाह यसअघि संसदीय दलको नेतामा समेत उठ्न चाहिरहेका थिए । पछि पार्टी केन्द्रले यामलाललाई नै सपोर्ट गर्न भनेपछि उनी ब्याक भएका थिए । प्रदेश सभामा १० सिट मध्ये शाहसँग ३–४ जना सांसद रहेका छन् भने बाँकी कँडेलसँग बहुमत सांसद छन् । सत्तारुढ दलहरूबिच भागबन्डा अनुसार एमालेको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको छ । शाहको टिमबाट मन्त्रीका लागि शाहसहित अर्को एक जना सांसदको नाम पनि चर्चामा छ । कँडेलले शाहलाई कानुन मन्त्रालय दिन चाहन्छन् तर शाह यसअघि अर्थ मन्त्री भइसकेकाले कानुन मन्त्रालय बाहेक भौतिक कि कृषिमा जान चाहन्छन् । शाह पार्टीभित्र यामलाल पछिका सिनियर नेता पनि भएकाले उनी मन्त्री हुनेमा विश्वस्त छन् । दल मुख्यमन्त्री कँडेलले अहिलेसम्म आफ्नो दलभित्र कुनै छलफल नगरेको एमाले सांसदहरू बताउँछन् । स्रोतले भन्यो, ‘जिम्मेवारी सबै दल नेतालाई दिइएको हो, तर अहिलेसम्म न दलको बैठक बसेको छ न हामीसँग कुनै छलफल भएको छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार