अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १८, मंगलवार ०९:२७

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको जग्गासम्बन्धी सम्झौता भंग गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फिर्ता लिन तयार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र राखेपका सदस्य सचिव टंकलाल घिसिङबीच भएको वार्तामा गुठी संस्थान केन्द्रीय कार्यालयसँग सम्झौता भंग गर्न पठाएको पत्र फिर्ता लिइ रंगशाला निर्माण कार्य जारी राख्ने राखेपले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले गुठी संस्थानसँग सम्झौता भंग गर्ने निर्णय राखेपले एक साताभित्र फिर्ता लिने सहमति भएको जनाएका छन् ।मेयर साहले भने–‘राखेपले सम्झौता भंग गर्ने निर्णय फिर्ता लिन तयार भएको छ, एक साताभित्र उहाँहरूले गुठी संस्थानलाई पुनः पत्र पठाउनु हुनेछ ।’ राखेपले गुठी संस्थानसँग सम्झौता भंग गर्ने निर्णय गरेको विषय सार्वजनिक भएपछि मेयर साहले सक्रियता बढाएका छन् । काठमाण्डु पुगेर उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपाका सदस्य सचिवसमेतलाई भेटेर सम्झौता भंग गर्ने निर्णय फिर्ता लिइ रंगशाला निर्माणलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।राखेपले गुठी संस्थानलाई पठाएको पत्रमा रंगशालाको लागि लिइएको लिज तत्कालका लागि भंग गर्ने भनिएको तर हामीले उत्सुकता देखाउँदा राखेपले पत्र फिर्ता लिन तयार भएको मेयर साहले बताए । निरन्तरको प्रयासपछि आफ्नो प्राथमिकतामा रहेको रंगशाला निर्माणका लागि आएका समस्या समाधान भएको उनको दाबी छ ।रंगशाला निर्माणका लागि गुठी संस्थानसँग लिजमा लिइएको जग्गासम्बन्धी सम्झौता राखेपले भंग गर्ने निर्णय गरेको थियो । गुठी संस्थान अधिनस्त जनकपुरधाम– १४ स्थित करिब १७ बिघा जग्गा राखेपले रंगशाला निर्माणका लागि वार्षिक ९ लाख रुपैयाँ भाडा तिर्नेगरी गुठी संस्थान केन्द्रीय कार्यालयसँग २०७४ मंसिर १ मा सम्झौता गरेको थियो । तर, रंगशालाको पूर्वाधार निर्माणका लागि संघीय सरकारले चासो नदिएको भन्दै राखेपले गत वर्ष पुस ३ गते सम्झौता भंग गर्न एकपक्षीय रूपमा गुठी संस्थानलाई पत्राचार गरेको थियो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा घोषणा गरेको एक सय करोड रूपैयाँको सहयोग समेत रंगशाला निर्माणका लागि खर्च गर्ने योजना बनाइएको छ । रंगशालामा स्थानीय र प्रदेश सरकारले समेत चासो देखाएका कारण दुवैले संघीय सरकार संग समन्वय गरेर ती एक करोड रुपैयाँ र आगामी बजेटमा समेत बजेट ल्याउने तयारी थालिएको मेयर साहले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार