अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १८, मंगलवार ०९:२४

इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । २०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो ।

अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभयो ।

COMMENT

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार