अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १६, आईतवार १९:३८

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी सम्बन्धमा शिक्षण संस्थाको विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाको विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ समिति गठन गरिएको हो नेपाल सरकारका पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा ३ सदस्यीय विज्ञ समिति गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । उक्त समितिमा प्राध्यापक राजेशकुमार राई र उच्च शिक्षा महाशाखाका एक जना उपसचिव समितिका सदस्य रहने छन् ।निर्देशिका र त्यसका अनुसूचीहरूमा भएका संशोधन बारेमा अध्ययन गर्ने, विदेशी सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूले हालसम्म पाएको स्वीकृति र अनुमतिको अध्ययन गरी सुझाव दिने कार्यादेश तोकिएको छ ।उक्त समितिले नीतिगत, कानुनी र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । उक्त समितिलाई आवश्यक परेको खण्डमा त्यस्ता शिक्षण संस्थाहरूमाथि निरीक्षण गर्ने अधिकार समेत दिइएको छ । समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।शिक्षा मन्त्रालयले यसअघि उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव डा.कमलप्रसाद पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले काम नगरेपछि बाहिरका विज्ञको नेतृत्वमा अर्को समिति गठन गरेको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ बनेको थियो ।त्यही निर्देशिकाको भरमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरूले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरू निर्देशिकाको भरमा चलिरहेको भन्दै एक्सनमा उत्रिएकी थिइन् ।उनले उक्त निर्देशिकालाई थप व्यवस्थित गर्न भन्दै निर्देशिकामा आवश्यक संशोधन गर्नुपर्ने बताइन् । मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन लिएर सञ्चालनमा रहेका शिक्षण संस्थाहरूमाथि अनुगमन गर्न समेत निर्देशन दिएकी थिइन् । तर, मन्त्रालयका अधिकारीहरू हालसम्म पनि अनुगमनमा निस्केका छैनन् ।एकातिर मन्त्रालयका अधिकारीहरू अनुगमनमा निस्केका छैनन् भने अर्कोतिर मन्त्रालयमा गठन गरिएको समितिले समेत काम थालेको छैन । त्यसपछि मन्त्री श्रेष्ठले पूर्वसचिव कोइरालाको संयोजकत्वमा अर्को समिति गठन गरेकी हुन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार