अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १४, शुक्रबार १५:४६

तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशका विभिन्न ठाउँमा फैलिएको आगो निभाउने र प्रदूषण हटाउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन ।
अहिले प्रि–मनसुन अवधिमा पानी नपर्दा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । वन तथा भूसंरक्षण विभागकाअनुसार ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । पछिल्लो एक हप्तामा दुई सय ५० भन्दा धेरै वन क्षेत्रमा डढेलो लागेको छ । दिउँसोपख चल्ने हावाहुरीले डढेलो झनै फैलने गरेको छ ।

आज पनि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । पछिल्ला केही दिनदेखि तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार