अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १४, शुक्रबार १५:४१

खोटाङको बराहपोखरी सामुदायिक वनमा डढेलो लाग्दा १३ घर, ७ मचान र २ गोठ पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट बराहपोखरी गाउँपालिकाकी गंगामाया मगरका दुई घर, ४० बाख्रा, नगद र सुनसमेत जलेर नष्ट भएको छ ।बागलुङमा फागुनको दोस्रो हप्तादेखि त्यहाँका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दर्जनभन्दा बढी वनमा आगो फैलिएपछि वन्यजन्तु गाउँ पस्न थालेका छन् ।हालै दाङको आमखोली सामुदायिक वनमा डढेलो लाग्दा जङ्गलसँगै जोडिएको तेलिया गाउँमा आगो फैलियो र केही घर नष्ट भए ।यता पर्वत जिल्लाका झण्डै ७० वटा वनमा डढेलो लागिरहेको छ । चैत दोस्रो साताबाट सुरु भएको डढेलो नियन्त्रण हुन सकेको छैन भने १ हजार ४ सय हेक्टर जङ्गल नष्ट भएको छ ।मंगलबार भक्तपुरको दधिकोटमा ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फर्ममा आगलागी हुँदा १० गाई जलेर मरे भने टहरा, भाँडाकुडा समेत गरी झण्डै १९ लाख हाराहारी आर्थिक क्षति भयो ।यी त डढेलो र आगलागी घटनाका केही उदाहरणमात्र हुन् । पछिल्लो एक सातामा देशका १ हजार स्थानका जङ्गलमा डढेलो लागेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछल्लो तथ्याङ्क हेर्ने हो भने देशव्यापी भयावह रुपमा डढेलो लागेको छ । सानातिना वनदेखि ठुला राष्ट्रिय निकुञ्जहरूमा समेत डढेलो लाग्दा वनस्पति र वन्यजन्तु आगोको चपेटामा परेका छन् ।यही वैशाख १ गतेदेखि ९ गतेसम्मको आँकडा अनुसार व्यक्तिका घरमा आगलागीका घटनामा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ४१० परिवार प्रभावित भएका छन् । ९ दिनको अवधिमा आगोबाट ११८ घर पूर्णरुपमा क्षति भएको छ भने ८९ वटामा आंशिक क्षति भएको छ । यस्तै ७४ वटा गोठमा क्षति भएको छ, जसमा १३७ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट ११ करोड २५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । रुपन्देही र कपिलवस्तुमा आगलागीका १३ वटा घटना भएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार