अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ११, मंगलवार ०८:३७

लण्डन । बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ । बेलायतको संसद्‍मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।अनुसन्धानकर्ता २९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ । बेलायतको चरमपन्थी विरोधी प्रहरीले यी आरोपहरू निकै गम्भीर प्रकृतिका रहेको बताएको छ ।यी दुवै अभियुक्त गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए । जानकारीका अनुसार क्रिस्टोफर क्यास संसद्‍मा अनुसन्धानकर्ता थिए र उनीसँग धेरै कन्जरभेटिभ सांसदहरूसँग सम्बन्धित गोप्य सूचनाहरू थिए।उता जर्मन प्रहरीले पनि चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । मुख्य सन्दिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप लगाइएको छ।

अभियोजकहरूका अनुसार थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए जुन जर्मन अनुसन्धान संस्थाहरूसँग नजिकबाट काम गरिरहेको थियो। उनले संवेदनशील सूचना सङ्कलन गरेको आरोप छ । यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ।

थोमसले यो जानकारी चीनसँग साझा गरेको आरोप लगाइएको छ । जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार