काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकालेका छन् । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी मोर्चामार्फत वामपन्थी एकताको गृहकार्यमा लागेका वेला सत्ता साझेदार दलको नेतृत्व गरेको एमालेले भने तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेको हो ।ललितपुरको गोदावरीमा शनिबारबाट सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा कुनै दल, विचार वा शक्तिलाई निषेध गरेर गरिने वामपन्थी एकता नटिक्ने बताएका हुन् ।
उनले विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक रहेको भन्दै गहिरो सहकार्य र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलिका दिनमा विचार मिल्नेहरू क्रमशः एक ठाउँ हुने निष्कर्ष निकालेका छन् ।त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित,व्यवहारिक र लाभदायी हुँदैन’, अध्यक्ष ओलीले भनेका छन्, ‘सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन् ।’ त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित,व्यवहारिक र लाभदायी हुँदैन’, अध्यक्ष ओलीले भनेका छन्, ‘सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन् ।’





