अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ५, बुधबार १३:११

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले अवरोध र तोडफोडको बीच विश्वासको मत प्राप्त गरेका छन् । पटक–पटकको स्थगन, अवरोध र तोडफोडका बीच मुख्यमन्त्री यादवले प्रदेश सभामा चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।मुख्यमन्त्रीको पक्षमा ६१ मत परेको सभामुख रामचन्द्र मण्डलले घो षणा गरे । मधेश प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । बहुमतका लागि ५४ सभासदको समर्थन आवश्यक छ । मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी(जसपा)का १९, एमालेका २४ माओवादी केन्द्रका ९, नेकपा एसका ७ , नागरिक उन्मुक्ति पार्टीका १ र संघीय समाजवादी पार्टीका १ गरी कुल ६१ मत परेको प्रदे श सभा सचिवालयले जनाएको छ । सभामुखले मतदानमा भाग लिएनन् ।उपसभामुख बबिता कुमारी इस्सर बैठकमा उपस्थित रहे पनि मतदानमा भाग लिएनन् । उनी जनमत पार्टीबाट उपसभामुख बनेकी छन् । विश्वासको मतको छलफल बहिष्कार गर्नेमा कांग्रेसका २२, जनमत पार्टीका ११ , लोसपाका ८ जना रहे । राप्रपाका सभासद बैठकमा अनुपस्थित रहेका थिए । लोसपाका प्रमुख सचेतक अभिराम शर्मा फरार सूचीमा रहेकाले बैठकमा सहभागी हुन पाएनन् । जनमत पार्टीका सभासद वसन्त कुशवाहा बैठकमा अनुपस्थित थिए ।उपसभामुख उपस्थित रहे पनि मतदानमा सहभागी भएनन् । मुख्यमन्त्रीलाई विश्वासको मत लिने क्रममा मधेश प्रदेश सभामा पहिलो पटक तोडफोड, बहिष्कार र नाराबाजी भएको छ । कांग्रेस, जनमत र लोसपाले नाराबाजीगर्दै बैठक बहिष्कार गरी बाहिरि एका थिए । विपक्षी दलहरुको अनुपस्थितमा मुख्यमन्त्रीले विश्वासको मत लिनु गैरसंसदीय कृयाकलाप भएको कांग्रेसका सभासद शेषनारायण यादवले आरोप लगाए । ‘मुख्यमन्त्री यादवले व्यक्त गरेका प्रतिबद्धता पटकउल्लंघनगर्दै आएका छन्’ उनले भने, प्रदेश सभालाइ निष्कृय बनाइएको छ ।’ बैठक प्रारम्भ हुनासाथ जनमत पार्टीका सभासदहरुले आ–आफ्ना स्थानबाट नै विरोध गरिरहेका थिए । उनीहरुले मुख्यमन्त्री र सभामुख रामचन्द्र मण्डलसित जवाफ मागिरहेका थिए । तर बीचमा नै एमालेले प्रतिवाद गरेपछि जनमतका सभासदहरु रोष्ट्रममा पुगेका थिए । त्यससँगै नेपाली कांग्रेस र लोकतानित्रक समाजवादी पार्टी (लोसपा)का सभासदहरुले पनि रोष्ट्रम घेरेका थिए ।बैठक सञ्चालन गर्न अवरोध भइरहेपछि सभामुखले १० मिनेटका लागि स्थगन भएको घोषणा गरेका थिए । मुख्यमन्त्री यादवले प्रदेश सभामा रहेको प्रदेश मामिला समिति मार्फत सप्तरी जिल्लाको घटना छानविन गराउन सहमत भएका थिए । ‘प्रदेश मामिला समिति मार्फत छानविन गर्न म तयार छु’ मुख्यमन्त्री यादवले भने, ‘त्यो घटनाको छानविनका लागि अल्लगै समिति गठन गर्नुको औचित्य छैन् ।’ छानविनका लागि तयार भए पनि जनमत पार्टीले प्रदेश सभा बैठक सञ्चालनमा सहभागी नभएको उनले आरोप लगाए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार