अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ३, सोमबार १९:२४

चालु आर्थिक वर्ष (आव) को चैत महिनामा नेपालको सार्वजनिक ऋण घटेको छ ।

फागुन महिनाको तुलनामा चैतमा २ अर्ब ४७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो ।

कार्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ । फागुन मसान्तसम्म भने सो ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेको थियो ।

कार्यालयका अनुसार ०८० असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो र चैत मसान्तसम्म आइपुग्दा सावाँ ब्याज घटाएर ८६ अर्ब ४४ करोड ऋण थपिँदा २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको हो । जसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड र बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार चैत मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्यतर्फ २६ अर्ब ४६ करोड रुपैयाँ सावाँ र ५६ अर्ब ६५ करोड ७२ लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै चैत महिनामा मात्रै सरकारले १७ अर्ब ३४ करोडको ऋण प्राप्ति गरेको छ ।

चैत महिनामा प्राप्ति गर्ने ऋणको तुलनामा भुक्तानी गर्ने ऋणको सावाँ ९ अर्ब ११ करोड रुपैयाँले बढी रहेको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार चैतमा १२ अर्ब ६९ करोड आन्तरिक ऋण प्राप्ति गरेको छ भने सो समयमा २२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक सावाँ भुक्तानी गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार