अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ३, सोमबार १९:१३

वैशाख, मुग्लिन(चितवन), इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा बिरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको हो । प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्या पत्ता लगाएर निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउनेलगायत पनि गरिरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।चालु आर्थिक वर्षमा पनि सुन्तलाको विरुवा र कृषि सामग्री वितरण गरिने अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, ‘हामीले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि कृषकहरुलाई कृषि सामग्री, विरुवाहरु अनुदानमा उपलब्ध गराउँदै आइरहेका छौँ, चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दैछौं ।’

सुन्तला कृषकका लागि बगैंचा व्यवस्थापन गर्न आवश्यक पर्ने औजार ५० प्रतिशत अनुदानका लागि भने कृषकहरुसँग सम्झौताको चरणमा रहेको अध्यक्ष गुरुङको भनाइ छ । चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बराबरको सुन्तलाको विरुवा अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिका कार्यालयले सुन्तलाको बेर्ना अनुदानमा प्राप्त गर्न निवेदन दिन आग्रह गरेको छ । सुन्तलाखेती प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले गत पुसमा ३ दिन सुन्तला महोत्सवसमेत गरेको थियो ।कृषि शाखा प्रमुख आशीष त्रिपाठीका अनुसार अनुदानका कार्यक्रमहरु सञ्चालनसँगै सुन्तलाखेती गर्ने क्षेत्र बढ्दै गएको छ । चालु आर्थिक वर्षमा ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । गत आर्थिक वर्षमा यहाँ ७० हेक्टर क्षेत्रफल सुन्तलाखेती गरिएको थियो । सो आर्थिक वर्षमा वडा नम्बर ५ मा ५ हजार एक सय विरुवा अनुदानमा वितरण गरिएको थियो । अनुदानमा विरुवा वितरणपछि सुन्तालाखेती गर्ने क्षेत्र बढेको हो ।यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका ४ सय ५० भन्दा बढी किसानले १० करोड रुपैयाँ हाराहारीमा आम्दानी गरेको कृषि शाखा प्रमुख त्रिपाठीले जानकारी दिए । किसानले प्रति केजी ७० देखि ८० रुपैयाँसम्ममा सुन्तला बिक्री गरेका थिए ।गाउँपालिकाको वडा नम्बर ३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठीमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला स्थानीय स्तरमा बिक्री हुनुका साथै नारायणगढ, काठमाडौँ र पोखरालगायत सहरमा समेत जाने गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार