अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख २, आईतवार ०६:०६

सर्लाही,बैशाख १
रेडियो मलंगवाले आफ्नो प्रशारणको छैठौं वर्ष पूरा गरि सातौं वर्षमा प्रवेश गरेको अवसरमा मलंगवा स्थित महेन्द्र होटलमा कार्यक्रमगरि सातौ वार्षिकोत्सव मनाएको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थितबाट संचालन हुँदै आएको रेडियो मलंगवाले शनिवार वार्षिकोत्सव मनाएको हो।
रेडियोका स्टेसन मेनेजर अरोज यादवको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले गर्नुभएको थियो । उहाँसहितका विशिष्ठ अतिथिहरुले संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि यादवले सूचना र समाचारको भरपर्दो माध्यमको रुपमा रहेको टेलिभिजन,रेडियो,पत्रपत्रिका लगायतका संचार माध्यमहरुको विकासमा संघ,प्रदेश र स्थानीय तिनै तहको सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि एवं स्वर्णिम एफएमका संचालक मनोज कुमार यादवले रेडियोको संस्थागत विकासमा पालिकाको सहयोग अति आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय लोकतन्त्र दैनिकका प्रबन्ध निर्देशक एवं विशिष्ठ अतिथि बख्तियार अलीको स्वागतबाट सुरु भएको कार्यक्रममा स्टेसन मेनेजर यादवले रेडियो स्थापनाकाल देखि हालसम्मका विभिन्न गतिबिधिबारे जानकारी गराएका थिए।
सोही अवसरमा आजै परेको नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान समेत गरिएको थियो।
मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि सशस्त्र प्रहरी नायव उपरीक्षक रोहित घिमिरे,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक सबिन कार्की,रेडियो मधेसकी मिरा रानी,स्पेस फोर के टिभीका मनोज यादव,ग्रिनलैण्ड उच्च माविका प्राधानाध्यापक जितेन्द्र सिंह ,रेडियो बरहथवाका अध्यक्ष घनश्याम सिंह लगायत विभिन्न संचार गृहमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार