अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १, शनिबार २१:५२

काठमाडाैं, वैशाख १ : दीपेन्द्रसिंह ऐरीले बल, ब्याट र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी प्रिमियर कपमा नेपाल विजयी भएको छ। शनिबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्र ब्याटबाट अर्धशतक, बलबाट २ विकेट र फिल्डिङबाट रनआउट गरेपछि नेपालले कतारमाथि ३२ रनको जित निकाल्यो।

प्रतियोगितामा नेपालको यो लागतार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। सो खेलमा पनि दीपेन्द्रले नै अलराउन्ड प्रदर्शन गरेका थिए। कतारको भने यो लागातार दोस्रो हार हो। ऊ पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो। उसका कप्तान मुहम्मद तनविरले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए।

यस्तै, हिमांशु राथोडले १८ बलमा २२, मोहम्म्द अर्शदले १८ बलमा २३ र अद्नन मिर्जाले ८ बलमा १९ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन्।

बलिङमा नेपालका लागि दीपेन्द्र, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए। यस्तै, कुशल मल्ल र अविनाश बोहराको नाममा समान १ विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेपछि ७ विकेटको क्षतिमा २१० रन बनायो। उनले कमरान खानको ओभरमा लागातार ६ छक्का प्रहार गरेका हुन्।

योसँगै दीपेन्द्र नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा भने पाँचौं खेलाडी बनेका छन्। यसअघि यो उपलब्धि दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका युवराज सिंह, वेस्टइन्डिजका केइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले हासिल गरेका छन्।

अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्रले २१ बलमा २ ३ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए। यस्तै, आसिफ सेखले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने कुशल मल्लले १८ बलमा ३५ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए।

बलिङमा कतारका मुसावर साह र हिमांसु राथोडले समान ३ विकेट लिए भने अमिर फारुकले १ विकेट लिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार