काठमाडौँ —सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल कांग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट समेत दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ
एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउनतिर भन्दा सरकार अध्यादेशको तयारीमा जुटेको हो । एक मन्त्रीका अनुसार सभामुख देवराज घिमिरेले वैशाख २ का लागि प्रतिनिधिसभाको बैठक डाके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यस वरिपरि नै अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् । ‘पहिला वैशाखको पहिलो सातासम्म हिउँदे अधिवेशन लैजाने कुराकानी भएको हो । तर, सहकारीका विषयलाई लिएर संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने अडान लिएपछि प्रधानमन्त्री अब समय बर्बाद गर्नुभन्दा चाँडै अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुग्नुभएको छ,’ ती मन्त्रीले भने ।
जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमा देशभरका कम्तीमा ६ सहकारीबाट करिब १ अर्ब बचत सारेको विषयमा छानबिन गर्न कांग्रेसले दबाब बढाएको छ । कांग्रेसले नयाँ समीकरण भत्काउने उद्देश्य राखेको भन्दै सत्तापक्ष संसदीय समिति गठनको पक्षमा देखिएको छैन ।
। बरु आसन्न लगानी सम्मेलनका लागि कानुन संशोधन गर्न सरकारले अध्यादेशको गृहकार्य थालेको छ
एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउनतिर भन्दा सरकार अध्यादेशको तयारीमा जुटेको हो । एक मन्त्रीका अनुसार सभामुख देवराज घिमिरेले वैशाख २ का लागि प्रतिनिधिसभाको बैठक डाके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यस वरिपरि नै अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् । ‘पहिला वैशाखको पहिलो सातासम्म हिउँदे अधिवेशन लैजाने कुराकानी भएको हो । तर, सहकारीका विषयलाई लिएर संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने अडान लिएपछि प्रधानमन्त्री अब समय बर्बाद गर्नुभन्दा चाँडै अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुग्नुभएको छ,’ ती मन्त्रीले भने ।
जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमा देशभरका कम्तीमा ६ सहकारीबाट करिब १ अर्ब बचत सारेको विषयमा छानबिन गर्न कांग्रेसले दबाब बढाएको छ । कांग्रेसले नयाँ समीकरण भत्काउने उद्देश्य राखेको भन्दै सत्तापक्ष संसदीय समिति गठनको पक्षमा देखिएको छैन ।
।