अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २९, बिहीबार ०९:०४

२०८० चैत्र २९, बिहीबार l होमियोप्याथिक चिकित्सा पद्धतिको विकास र उत्थानका लागि अल नेपाल होमियोप्याथिक एशोसिएशनले विभिन्न ६ बुँदे माग मधेश प्रदेश सरकारसँग राखेको छ ।
विश्व होमियोप्याथिक दिवस र २६९ औं हैनिमन जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा होमियोप्याथिक एशोसिएसन मधेश प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंहलाई ज्ञापन बुझाउँदै ६ बुँदे माग राखेका छन् । एशोसिएसनका सचिव डा. सजिव कर्णले होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका लागि कार्यरत होमियोप्याथिक चिकित्ससहित दरबन्दी सृजना गरी थप चिकित्सक स्थायी नियुक्ति गर्नुपर्ने, होमियोप्याथिक प्रादेशिक बोर्ड गठन गर्नुपर्ने, शिविर संचालन र बजेट बढाउन लगायतका विभिन्न माग राखिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंहले एशोसिएसनले राखेको माग बारे प्रदेश सरकार होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एशोसिएसनका पदाधिकारी तथा विज्ञहरु राखेर छुट्टै कार्ययोजना बनाएर अघि बढ्ने बताए । उनले आउँदो आर्थिक वर्षमा बजेट समेत बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा होमियोप्याथिक चिकित्सा पद्धति विश्वभर फैलिएको र यसले अन्तर्राष्ट्रिय मान्यता समेत पाएकाले नेपालमा पनि यसको विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने अल नेपाल होमियोप्याथिक एशोसिएशनका उपाध्यक्ष डा. विनोद महतोले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार