अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २९, बिहीबार ०८:५०

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहको अनुसन्धानको लागि पर्सा प्रहरीले दोश्रो पटक म्याद थपेको छ ।

पर्सा जिल्ला अदालतबाट प्रहरीले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति लिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध पनि जाहेरी दिएका थिए । यता नेपाल चिकित्सक संघले पक्राउ परेका दुवै जनालाई रिहा गर्न पे्रस विज्ञप्ति जारी गरेको छ ।

वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट प्रबन्ध निर्देशक(एमडी) शहनवाज अन्सारीसंगै प्रहरीले पक्राउ गरेका ल्याब प्रमुख डा. संजय साहलाई विना शर्त रिहा गर्न चिकित्सकहरुको माग रहेको छ । संघको नारायणी अञ्चल शाखाले एक विज्ञप्ति जारी गर्दै प्रहरीले अतिरञ्जित तरिकाले कसैको मानमर्दन हुने गरी डा. साहलाई नियन्त्रणमा लिएर हिरासतमा राखेकोमा आपत्ति समेत जनाएको छ । डा.साहलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । संघका सचिव डा. नौशाद हकले जारी गरेको विज्ञप्तिमा संघका आजिवन सदस्य समेत रहेका डा. संजय साहको मानमर्दन हुने गरी आपराधिक शैलीमा पक्राउ गरी लगेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार