अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २८, बुधबार २२:५२

काठमाडौँ —गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेकपा माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो

बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीमा लगानीलगायत रहेको भेटिएको छ । मेयर थापा वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट मेयरमा निर्वाचित भएका थिए ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले थापा सार्बजनिक पदमा आएयता देखिएको स्रोत नखुलेको रकमबाट बढे–बढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न माग दाबी लिइएको बताए । प्रतिवादी बनाइएका थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् ।

अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ रामकुमार र भाइबुहारी द्धारिका राउतलाई समेतसम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ । मेयर थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेका अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सार्बजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसपछि करिब १ वर्ष अघिबाट थापामाथी अनुसन्धान अघि बढेको थियो । अनुसन्धानका क्रममा अख्तियारले थापा र परिवारको सम्पत्तिको खोजविन थालेको थियो।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार थापा गत निर्वाचनमा मेयर भएयता १३ करोड २० लाख३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायय गरेको छ ।

थापा मेयर रहेकै बखत २०७५ असार ३२ मा नातामा भाइबुहारी द्धारिका राउतले मनोकामना बहुउद्देश्य सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । त्यसको स्रोत भने खुलेको छैन । मेयर थापाले असार ३२ मा १६लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले साउन ३२ मा १७ लाख ९ हजार ६सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइएपनि यसको पनि स्रोत खुलेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार