अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २८, बुधबार २२:१६

सर्लाही । सर्लाहीमा प्राथमिक तहको अस्थायी तथा करार शिक्षक हटने भएको छ । सर्लाहीभरिमा २०७६–९–०१ पछि नियुक्त भएका सबै अस्थायी तथा करार शिक्षक हटने भएको शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीले जनाएको छ ।

शिक्षक सेवा आयोगबाट सर्लाहीका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षक उम्मेदवार १ सय ८३ जना थपने भएकोले अब देखि सर्लाहीमा ७७ जना अस्थायी-करार शिक्षक विस्थापित हुने शिक्षा विकास तथा समन्य इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । हटने शिक्षकहरु मध्ये २०७६÷०९÷०१ देखिको १७ , २०७७ को ४, २०७८ को २७, २०७९ को १६ र २०८० को १३ जना रहेको छ ।

यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीको २० पालिकाहरु मध्ये अस्थायी तथा करार शिक्षकहरु सबैभन्दा बढि बलरा नगरपालिका बाट १७ जना, रामनगर गाउँपालिका बाट ८ जना, धनकौल गाउँपालिका बाट २ जना, विष्णु गाउँपालिका बाट ५ जना, गोडैता नगरपालिका बाट ५ जना, कौडेना गाउँपालिका बाट १ जना, मलंगवा नगरपालिका बाट ४ जना,ब्रहमपुरी गाउँपालिका बाट ४ जना, कविलासी नगरपालिका बाट ५ जना , हरिपूर्वा नगरपालिका बाट १ जना, बरहथवा नगरपालिका बाट ५ जना, पर्सा गाउँपालिका बाट २ जना, हरिपुर नगरपालिका बाट ३ जना, लालबन्दी नगरपालिका बाट ४ जना, वागमती नगरपालिका बाट ६ जना र इश्वरपुर नगरपालिका बाट ५ जना गरि जम्मा ७७ जना हटने भएको छ । उनिहरु २०७६-०९-०१ गतेपछिका अस्थायी- करार नियुक्त शिक्षक छन ।

सर्लाहीमा प्राथमिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक १ सय ६ जना रहेको थियो । सर्लाहीभरीमा सामुदायिक विद्यालयको संख्या करिब ७ सय रहेको छ । सर्लाहीमा शिक्षकहरुको न्युन्तम आवश्यक दरबन्दी संख्या १ हजार २ सय २१ रहेको छ ।

प्रावि तहमा २ हजार ५९ जना शिक्षक मध्ये १ हजार ६ सय ६० , अधारभुत तहमा ६ सय २८ जना जस मध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जस मध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तह कक्षा ११ र १२ मा १ सय १४ मध्ये ८३ जना शिक्षकको मात्र दरबन्दी रहेको छ ।

२०६७ पछि राहत शिक्षक नथपिएको तथा विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिएको हुदाँ सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षको जहिले नि अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार