अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २४, शनिबार ०५:००

राकेश गुप्ता, चैत्र २३ गते । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यको पहलमा पुनः एक गरीब परिवारमा खुशियाली छाएको छ ।
लघुवित्तको ऋणमा डुबेर घरखेत नै गुमाउने अवस्थामा पुगेका ईश्वरपुर नगरपालिका – १४ का राजवीर चौधरीको परिवारमा मेयर आचार्य तथा लघुवित्तका कर्मचारीहरुको पहलमा खुशियाली छाएको हो ।
राजवीरकी श्रीमती विन्दियादेवी धामीले बलयवासमा रहेको फरवार्ड नामक लघुवित्त वित्तिय संस्थाबाट ७ लाख ऋण लिएकी थिईन । वित्तिय संस्थाको ऋण तिर्नु अगावै उनको मृत्यु भयो । त्यसपछि उनको घरखेत नै लिलामी हुने अवस्थामा पुग्यो । तर उनले मृत्यु हुनु अगाडि मेटलाईफ इन्स्योरेन्स कम्पनीमा जीवन विमा गराएकी थिईन् । राजवीरलाई घरखेत लिलामी हुने चिन्ता थियो । तर मेयर आचार्य र लघुवित्तका कर्मचारीहरुले उनले विमा गरेको बुझेपछि मृत्यु दावीका विमा रकमका लागि पहल गरे । फलस्वरुप राजवीरले श्रीमतीको विमा रकम वापत १५ लाख ७५ हजार पाउने भए । सोही रकम आज नगर प्रमुख आचार्य तथा फरवार्ड लघुवित संस्थाका जिल्ला संयोजक प्रकाश भट्टराईको पहलमा धामीका श्रीमान चौधरीलाई हस्तान्तरण गरियो ।
श्रीमतीको जीवनविमा वापतको रकम पाएपछि चौधरीले खुशि व्यक्त गर्दै आवश्यक पहल गरिदिने मेयर तथा लघुवित्तका कर्मचारीहरुलाई धन्यवाद दिए । उनले झण्डै झण्डै घरखेत नै गुम्ने अवस्था आई सकेको तर मेयर र वित्तिय संस्थाका कर्मचारीहरुले सहयोग गरेको कारण आफूले श्रीमतीको विमा रकम पाएको र सोही पैसाले लघुवित्तको ऋण तिर्ने बताए ।
विमा रकम हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले अहिले लघुवित्त संस्थाहरुको रकम तिर्नुपर्दैन भन्ने भाष्य निर्माण भएको अवस्थामा मृतक परिवारले आफूले लिएको ऋण तिर्नु भनेको खराब अवधारणा तोडिनु सरह भएको बताउनुभयो ।
उहाँले ईश्वरपुर नगरपालिकामा रहेको सम्पूर्ण संस्थाको आफुले संरक्षण गर्ने बताउनुभयो । नगर प्रमुख आचार्यले आफुले नगरवासीको हरेक समस्यामा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले नागरिकहरु ऋणमा डुबेर घर बिहिन हुने अवस्था आयो भने बैंकिङ संस्था सँग समन्वय तथा सहकार्य गरी त्यस्तो परिवारलाई जोगाउने कार्य समेत गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार