अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २२, बिहीबार २०:१८

काठमाडौँ —निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी बिहीबार सार्वजनिक गरिएको हो । आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कुल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन् । गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार