अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २१, बुधबार २३:३९

काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो ।निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ ।जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ । ईलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार