सर्लाही/चैत्र १६ गते।र

ाष्ट्रिय मुक्ति क्रान्तिले आज संयोजक राजेन्द्र महतोको नेतृत्वमा सर्लाहीको लालबन्दीमा पत्रकार सम्मेलन गरेका हुन । अभियन्ता कमला गुरुङ ,बुध घिसिङ मोक्ताङ, राजिब झा, सुमान साइमिन र हुसैन खानले राष्ट्रिय मुक्ति क्रान्ति अब देशशमा स्वदेश बाद, बहु राष्ट्रवाद र सामुदायिक समाजवाद प्राप्तिको लागि मुक्ति क्रान्ति अती आबश्यक भएको हुन्नाले हाम्रो माग पूरा न भए सम्म हाम्रो आभियान जारी रहने कुरो बताएको छ। देशमा ७० बर्षामा ७ पटक आधिकार प्राप्ति आन्दोलन भएता पनि देशमा नशल बाद , जातिय वाद,बिदेशबाद, उपनिबेसिक वाद,आफ्नो बाद,एकल वाद र आफ्नो जनतालाई कमैया बनाइदिने,करोडौं युबाहर्लाइ बिदेश पलायन गराइदिने जस्तो कु बिचार, सोच र जहानिय शासन परिबर्तन न भएकोले आफुहरु त्यसको अन्त्य गर्ना राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको को कुरो सयोजक राजेन्द्र महतोले भनेका हुन। काठमाडौं देखि शुरु भएको हाम्रो अभियान झापा हुँदै सर्लाही सम्म करिब ५० जिल्लामा हाम्रो संगठनका बिस्तार भै सकेको छ। राष्ट्रिय मुक्ती क्रान्तिले मागेका मागहरु सम्बोधन भएन भन्ने एकै साथ देश भरि आन्दोलन गर्ने। ७७ जिल्लामा संगठन बिस्तार गरि देश ब्यापी कडा आन्दोलन गर्ने महतोले बताएका छन। हजारौंको संख्यामा समर्थकहरु लालबन्दीबाट,बाके, पर्सा हुँदै सदरमुकान मलङ्वा सम्म मोटरसाइकल जुलुस नारा लागाइ कर्याक्रम गरि कार्यक्रम सप्पन्न गरेका छ्न।





