८ चैत, काठमाडौं । आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् ।
तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू यसबाट प्रभावित भइरहेको उनीहरूको दाबी छ ।एईसीसी ग्लोबलका कन्ट्री हेड शैलेस झा विद्यार्थी भिसाको लागि आवेदन दिएका विदेशीहरूको शैक्षिक तथा आर्थिक पक्ष केलाएर सक्षम व्यक्तिलाई मात्रै अष्ट्रेलिया सरकारले विद्यार्थी भिसा दिन थालेको बताउँछन् ।कोरोना महाव्याधिपछि जनशक्ति अभावका कारण अष्ट्रेलियाले आवेदन दिने अधिकांश विद्यार्थीलाई भिसा दिंदै आएको थियो । त्यसैले विदेशी विद्यार्थीको संख्या अत्यधिक बढ्यो । हृवात्तै बढेको विद्यार्थीका कारण अष्ट्रेलियामा वासस्थान तथा रोजगारीको संकट देखियो ।ध
ेरैजसो विद्यार्थी पढ्नभन्दा कमाउनमा केन्दि्रत हुनथाले । विदेशी विद्यार्थीले धमाधम विश्वविद्यालय परिवर्तन गर्न थालेपछि त्यहाँका विश्वविद्यालयमा पनि समस्या देखिन थाल्यो । सँगै, विदेशी विद्यार्थीको सङ्ख्या हृवात्तै बढ्दा अष्ट्रेलियामा वासस्थान तथा रोजगारीको संकट पनि देखिन थाल्यो ।