अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर २३, शनिबार १९:१३

२३ मंसिर, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् ।उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्‍यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने । भारत रिसाउने भन्दै चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भएको उनले दाबी गरे ।

शेरबहादुर प्रधानमन्त्री हुँदा पश्चिम सेती किन नबनेको भनेर सोधे, चीनलाई दिन मिल्दैन, चीनलाई दियो भने भारतले विद्युत किन्दैन भन्नुभयो’, ओलीले भने, ‘भारतले सबै ठाउँको बिजुली किन किन्नुपर्‍यो, हामीले यहाँ उद्योगहरु संचालन गरेर विद्युत त्यहाँ प्रयोग गरे हुन्न ?’

नेपालको आर्थिक अवस्था सुधारका लागी चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उनले बताए ।म प्रधानमन्त्री भएका बेला चीन पुगेर राष्ट्रपति सी जिन पिङसँग नेपालको आर्थिक अवस्था खस्कियो के गर्ने होला भने, उहाँले तपाईंहरु उत्पादन गर्नुस् हामी सबै किनिदिन्छौं र उत्पादन बढाउन के सहयोग गर्नुपर्छ त्यो पनि गर्छौ भन्नुभयो, फर्केर नेपाल आएपछि छलफल गरे तर सबै पार्टीका नेताहरु चीनको सहयोग लियो भने भारत रिसाउँछ पो भन्नुहुन्छ’, उनले भने ।

नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको उनको भनाइ छ । भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उनले बताए ।

पोखरामा बनेको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार आफैं डराएको उनले जानकारी दिए । ‘त्यो एयरपोर्ट चल्न नदिएको पनि के भन्नु सरकारले चलाएको छैन, कसैले चल्न पाउँदैनस् भनेर भित्र भनेपनि बाहिर त भनेको छैन’, उनले भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार