प्रबुद्ध व्यक्तिहरुको पूरा प्रतिवेदन एकैपटक कार्यान्वयन गर्न नसकिए पनि त्यसका विभिन्न कम्पोनेन्टलाई कार्यान्वयन गर्दै जान सकिन्छ
भारतीय विदेशमन्त्रीले नेपालको भ्रमण गर्ने विषयमा छलफल भइरहेको छ । भ्रमणको मिति परिवर्तन भइरहेको देखिन्छ । तर उहाँको नेपाल भ्रमण पनि छिट्टै हुने अपेक्षा छ
१२ मंसिर, नयाँ दिल्ली । सबैभन्दा लामो र खुला सीमा रहेको भारतसँग नेपालको राजनीतिक, आर्थिक तथा जनताको स्तरमा निकै गहिरो सम्बन्ध छ । बेला बेलामा दुई मुलुकबीचको सम्बन्धमा विभिन्न कारणले चिसोपन आउने गरेको भए पनि मूलतः सौहार्दपूर्ण सम्बन्ध रही आएको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मात्रै होइन, वैदेशिक रोजगारीमा जानेहरुका लागि ठूलो श्रम गन्तव्य पनि हो । त्यस्तै, नेपालमा पनि लाखौं भारतीयहरुले काम गरिरहेका छन्, यहाँबाट बाहिर जाने रेमिट्यान्समध्ये सबैभन्दा बढी भारतमा नै जान्छ । दुई मुलुकका जनताहरु समान सांस्कृतिक परम्पराहरु मान्ने गर्दछन् । तर, विश्वको सबैभन्दा धेरै जनसंख्या भएको र सबैभन्दा ठूलो अर्थतन्त्रमध्येको एक भारत आँगनमै भए पनि नेपालले आर्थिक रुपमा भने त्यसबाट अपेक्षित लाभ लिन सकेको छैन । यिनै सन्दर्भहरुमा रहेर अनलाइनखबरले भारतस्थित नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग भारतको नयाँ दिल्लीमा गरेको अन्तर्वार्ताको सारः
तपाईंले अध्ययन र पेशाले एक अर्थशास्त्री हुनुहुन्छ । तर, नेपालका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय मिसनहरु भारत र अमेरिकामा राजदूतका रुपमा भूमिका निर्वाह गर्नुभयो । एक अर्थशास्त्रीको कूटनीतिक अनुभव कस्तो रहेको छ ?





