अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर १०, आईतवार १०:४२

मुख्यमन्त्री भन्छन्- अख्तियारको निर्देशन पालना गरे २५ प्रतिशत पनि बजेट खर्च हुँदैन१० मंसिर, पोखरा । सिँचाइतर्फ विशेष अनुदानतर्फ संघीय सरकारबाट आएको बजेट बाँडफाँट गरी कार्यान्वयनको प्रक्रियामा लैजान गण्डकीका अर्थ सचिवलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । अर्थ सचिव बलराम रिज्यालले संघीय सरकारको स्वीकृतिबेगर त्यसो गर्न नसकिने भन्दैै फाइल संघमा पठाए तर संघले जवाफ दिएन ।अहिले गण्डकीको मन्त्रिपरिषदबाट निर्णय गरेर कार्यान्वयन गर्नका निम्ति अर्थमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फाइल पुगेकोे छ । तर, यही कारणले योेजना कार्यान्वयनमै ढिलाइ भएको भन्दै मुख्यमन्त्री रुष्ट छन् । सचिव भने ढिलै होस् तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा सुशासन कायम गर्न भन्दै गत मध्य कात्तिकमा पठाएको २२ बुँदे सुझावअनुसार काम गर्नुपर्ने भन्दै प्रदेशका सचिवले मुख्यमन्त्रीले नै भने पनि हत्तपत्त फाइल अगाडि बढाउँदैनन् । निर्णय गर्दा आफू जोगिएर गर्न चाहन्छन् ।प्रदेश विनियोजन ऐनअनुसार पहिलो त्रैमासिकभित्र रकमान्तर गर्न पाइँदैन । अख्तियारको २२ बुँदे निर्देशनमा रकमान्तर नै गर्न हुने र अति आवश्यक परे दोस्रो र तेस्रो चौमासिकमा मात्रै गर्न सुझाव दिएको छ । यस विषयले पनि बजेट कार्यान्वयमै अप्ठेरो पारेको भन्दै मुख्यममन्त्री र मन्त्री खुसी छैनन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार