अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर २, शनिबार ११:०२

बिपेन्द्र कुमार साह आराध्य देव सूर्यको आराधना गरी मनाइने छठ पर्वका लागि भीख माग्नेको संख्या जनकपुरधाममा अत्यधिक देखिएको छ । हातमा कनसुतली, डाला र सुपा लिएर भीख माग्नेहरूको क्रम यहाँ वर्षेनि बढ्दै गएको देखिएको छ ।

यसरी भीख मागेर छठ पर्व मनाउने क्रममा कोही सनातन परम्परा निर्वाह गरिरहेका छन् भने कोही आफ्नो पेशालाई निरन्तरता दिँदै आएका बुझिएको छ ।

छठ पर्व कबुला ( भाकल ) गरे अनुसार गर्ने चलन रहेको छ । भाकल नगरी यो पर्व गरिदैन । मिथिलाञ्चलमा भाकल पनि अनेक प्रकारले गर्ने गरिएको पाइन्छ । कोही भीख मांगेर पनि गर्ने , कोही अभावग्रस्त भएमा भीख मांगेर गर्ने, कोही परम्परागत रूपले भीख मांगेर छठ पर्व मनाउने गरेका छन् । त्यस्तै भाकल अनुसार कोही अरूको हातबाट अर्घदान, कोही आफै व्रत गर्ने, एउटा अर्घ अर्पण देखि जोडा अर्घ अर्पण गर्ने गरेको पनि देखिन्छ । यस अन्तर्गत कोसिया, कुरबार, ढक्कीलगायतका सबैथोक दुई÷दुई प्रति चाहिने हुन्छ ।

यस्तै हात्तीमाथि अर्घ अर्पण, आँगनमा तथा घाटमा आँचलमाथि नटुआ नाच गराउने, बाजा बजाएर अर्घदान गर्ने भाकल गर्ने गरिएको पनि पाइन्छ ।

यसै गरी साधारणतः अर्घ दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जानेतथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि भनेर गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवनसमेतका लागि गरिने चलन रहेको छ । जनकपुरधाममा भीख मागेर छठ पर्व मनाउने पुरानो परम्परा हो ।

यहाँका प्रतिष्ठित जैन परिवारदेखि ठूला व्यावसायिक घरानाले पनि भीख मागेर छठ मान्ने गरेको देखिएको छ । कुनै– कुनै परिवारमा प्रसाद माग्ने परम्परा पनि रहेको छ । हुने खानेहरू आफ्ना छिमेकका पाँच वा सात परिवारमा भीक्षाटन गरेर पूजा गर्ने चलनसमेत पाइन्छ । भीख मागेर छठ पर्व मनाउने अथवा प्रसाद माग्ने परम्परा कुनै–कुनै परिवारमा पुस्तैनी रहेको बताइन्छ । कुनै– कुनै परिवारले लक्षित फल प्राप्तिका लागि भाकल गरेर पनि यो परम्परा बसाल्ने गरेका छन् । यद्यपि गरिबहरू पनि छठ पर्व पर्वबाट वञ्चित नहोउन भनी भीक्षाटन गरी छठ व्रत गर्ने परम्परालाई मगन्तेले बदनाम गर्न थालेको पनि देखिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार