अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर १, शुक्रबार २२:२७

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन भैरहवामा हुन लागेको छैटाैँ लुम्बिनी प्रादेशिक महोत्सवमा विमानस्थलकै झल्को दिने गरी प्रवेशद्वार निर्माण सुरु गरिएको छ।

सरकारले अर्बाैँ खर्च गरेर बनाएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको लामो सयम बितिसक्दा पनि नियमित सञ्चालनमा आउन नसकेपछि भैरहवाका उद्योगी–व्यवसायीहरूले महोत्सवस्थलको प्रवेशद्वार विमानस्थल र विमानको झल्को दिने गरी बनाएको उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष नारायण भण्डारीले बताए।

‘हामी अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन पर्दछ भन्ने मागसहित आन्दोलनमा छौँ। यसका लागि जहाँबाट पनि हामी सरकारको विरोध गर्दछौँ,’ भण्डारीले भने।

मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवका लागि पाँच लाख रुपैयाँ खर्च गरेर प्रवेशद्वार निर्माण गरेको महोत्सव आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए। ‘उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाईजहाजको आकृतिमा निर्माण गरेका हौँ,’ उनले भने।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔँ’ भन्ने नाराका साथ सिद्धार्थनगर– ८ स्थित अञ्चलपुरमा महोत्सव हुँदै छ।

अन्तर्राट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले पनि यसअगावै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। सञ्जालले मंसिर २० गतेपछि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको सञ्जालका अध्यय अनिल ज्ञवालीले बताए।

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल बनेपछि रुपन्देहीको पर्यटन क्षेत्रको मुहार फेरिने आसमा बसेका पर्यटन व्यवसायीले विमानस्थललाई लक्षित गरी करिब ४० अर्ब रुपैयाँ होटेल क्षेत्रमा लगानी गरेका छन्। विमानस्थल नियमित सञ्चालन नहुँदा अहिले रुपन्देहीका ३० प्रतिशत होटेल बैंकको लिलामी प्रक्रियामा गइसकेको होटेल व्यवसायीको भनाइ छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार