प्रादेशिक अधिकार लागु गर्न मधेसको एक महिने अल्टिमेटम पाएका प्रधानमन्त्री प्रचण्डले यही बीचमा काठमाडौंमा दुई अलग समूह झेल्दैछन्, जसमध्ये एउटा समूहले संघीयताकै खारेजीजस्तो कट्टरपन्थी माग राखिरहेको छ ।१ मंसिर, काठमाडौं । १७ वर्षअघि अर्थात् ०६३ मंसिरको पहिलो साता प्रचण्ड शान्ति सम्झौता गर्दै नेपाली राजनीतिको मूलधारमा आएका थिए । १७ वर्षपछिको यो मंसिर पहिलो सातामा उनी काठमाडौंका सडकमा उछालिन सक्ने सम्भावित अशान्तिको आकलन गर्दैछन् । सडकमा दुईथरि प्रदर्शनकारीहरुको सम्भावित तनावबारे प्रधानमन्त्री प्रचण्डको चासो र सक्रियता दुवै बढेको छ ।आज शुक्रबार बिहान सेना, प्रहरी, अनुसन्धान विभागका प्रमुखहरुसँग उनले बालुवाटारमा गरेको बैठकको एकसुत्रीय एजेन्डा थियो– ७ मंसिरको सुरक्षा तयारी । प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल त्यहाँ सहभागी थिए ।

ब्रिफिङ : एकातिर संघीयताको टिकटिक, अर्कोतिर मंसिर ७ को रमिता
प्रादेशिक अधिकार लागु गर्न मधेसको एक महिने अल्टिमेटम पाएका प्रधानमन्त्री प्रचण्डले यही बीचमा काठमाडौंमा दुई अलग समूह झेल्दैछन्, जसमध्ये एउटा समूहले संघीयताकै खारेजीजस्तो कट्टरपन्थी माग राखिरहेको छ ।

30Shares

बसन्त बस्नेत

२०८० मंसिर १ गते २०:३४

१ मंसिर, काठमाडौं । १७ वर्षअघि अर्थात् ०६३ मंसिरको पहिलो साता प्रचण्ड शान्ति सम्झौता गर्दै नेपाली राजनीतिको मूलधारमा आएका थिए । १७ वर्षपछिको यो मंसिर पहिलो सातामा उनी काठमाडौंका सडकमा उछालिन सक्ने सम्भावित अशान्तिको आकलन गर्दैछन् । सडकमा दुईथरि प्रदर्शनकारीहरुको सम्भावित तनावबारे प्रधानमन्त्री प्रचण्डको चासो र सक्रियता दुवै बढेको छ ।
आज शुक्रबार बिहान सेना, प्रहरी, अनुसन्धान विभागका प्रमुखहरुसँग उनले बालुवाटारमा गरेको बैठकको एकसुत्रीय एजेन्डा थियो– ७ मंसिरको सुरक्षा तयारी । प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल त्यहाँ सहभागी थिए ।
कुनै समय प्रचण्डकै छत्रछायामा आर्थिक महत्वाकांक्षाको चुली छोएका दुर्गा प्रसाई आज आफ्ना निजी वित्तीय घाटाबाट जन्मेको कुण्ठालाई बैंकदेखि व्यवस्थाविरुद्ध नै प्रयोग गर्ने हदसम्म जान खोजेका छन् । भर्खरै सरकारले बन्द गराएको टिकटकदेखि अरु सोसल मिडिया प्लाटफर्ममा उनलाई केन्द्र बनाएर नागरिकको एउटा तप्काले असन्तोष प्रकट गर्न खोजेको छ, ७ मंसिरमा ।