अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० कार्तिक ३०, बिहीबार ०५:५३

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले बिहीबार सयुंक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछन् ।

समूह एचमा रहेका नेपाल र युएईबीचको खेल दुबईस्थित अल माक्तोउम स्टेडियममा बिहीबार राति स्थानीय समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

युएईसँग डराउँदैनौँ : प्रशिक्षक एनेस

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलअघि बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा युएईसँगको खेलका लागि राम्रो तयारी गरेको बताउँदै बलियो टोली युएईको सामना गर्न आफूहरु नडराएको‘यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौं । हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ । त्यसैले यो टोलीमा जोश छ’, उनले भनेका छन्, ‘प्रशिक्षकको रुपमा हामीले धेरै बलिया टोलीहरुसँग खेलेको  अनुभव छ । त्यसैले बलिया टोलीहरुको स्तरबारे जानकार छौं । यूएई पनि राम्रो टोली हो तर डराएका छैनौ। म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु ।’साथै, उनले यूएईको नाम चलेका पोर्चुगाली प्रशिक्षक (पाउलो बेन्टो) रहेकाले पनि आफू उत्सहित भएको र मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘यूएईको नाम चलेका पोर्चुगिज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदैछु भनेर उत्साहित पनि छु । भोलि हामी आफ्नो खेलमा गम्भीर हुनेछौं र उत्कृष्ट प्रदर्शन गर्नेछौं’, उनले भनेसाथै, उनले यूएईको नाम चलेका पोर्चुगाली प्रशिक्षक (पाउलो बेन्टो) रहेकाले पनि आफू उत्सहित भएको र मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘यूएईको नाम चलेका पोर्चुगिज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदैछु भनेर उत्साहित पनि छु । भोलि हामी आफ्नो खेलमा गम्भीर हुनेछौं र उत्कृष्ट प्रदर्शन गर्नेछौं’, उनले भने

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार