बिपेन्द्र कुमार साह,
सर्लाही । इलाका प्रहरी कार्यालय संग्रामपुरका प्रमुख मनोज कुमार यादवको टोलिले सिमा वर्ती क्षेत्रहारुका गस्तीको क्रममा ५० काटुन अबैध रक्सी पक्राउ गरेको छ। करिब मुल्य ५७५००/- बराबरको रक्सी नेपाल र भारतको बोडेरबाट पक्राउ गरेको छ।
इलाका प्रहरी चौकी संग्रामपुर प्रमुख प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव आएको करिब २ महिनामै बोडेरबाट कपडा,चिनी,आलु,प्याज,चामल,भैंसी र पिकप गाडी लगायत करिब १८ लाख बराबरको अबैध माल समानहरु भन्सार बुझाएका कुरो यादवले बताएका छ।
सर्लाहिमा नयाँ S.P प्रबिन धिताल आए संगै नेपाल र भारतको खुला नाकाहरुमा कडाइ गरेका छ।धिताल आएको १५ दिनमै करिब ४० लाख बराबरको अबैध समानहरु भन्सार बुझाएका कुरा जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पन्जियारले जानकारी गराएका छ।







