अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० आश्विन २९, सोमबार ०९:५८

काठमाडौँ : नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज सुदूरपश्चिममा सन्देश सभा गर्ने भएको छ ।

कैलालीको धनगढीमा दिउँसो २ बजेपछि सुरु हुने सन्देश सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता धनगढी पुग्दैछन् ।

प्रधानमन्त्री दाहालले आज लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।

गत भदौ १३ र २६ गते दुई पटक स्थगित भएको सुदूरपश्चिम सन्देश सभा आज हुन लागेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार