अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १९, शुक्रबार ०९:१८

दिपेन्द्र साह—

सर्लाही,१९ साउन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जनप्रनिनिधी तथा सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेको भन्दै जनप्रतिनिधि तथा सेवाग्रहीहरुले प्रदर्शन गरेका छन । बिहीबार सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह तथा अन्य विभिन्न जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुले प्रदर्शन गरेको छ । नागरिकता वितरणमा विभिन्न बहाना देखाउदै कर्मचारीले दुःख दिने गरेको भन्दै बिहीबार सेवाग्राहीको समूहले सिडिओ मुर्दावाद, नागरिकतामा घुसखोरी बन्द गर भन्दै प्रर्दशन गरेका हुन ।

नागरिकताको प्रतिलिपि लिन समेत कर्मचारीले अनावश्यक बखेडा झिकेर दुःख दिने गरेको प्रर्दशन चन्द्रनगर गाउपालिका वडा नं १ का चन्द्रकिशोर साहले बताए । उनले विगत ३ दिनदेखि नागरिकताको प्रतिलिपि लिन कार्यालयमा धाउदासमेत कर्मचारीले बेवास्ता गरेपछि प्रदर्शनमा उत्रिनु बाध्य भएको बताए ।नागरिकता लिन सम्पुर्ण कागजात र प्रक्रिया पुर्याएर ल्याउँदा पनि कर्मचारीले विभिन्न बहानामा पैसा माग्ने गरेको प्रदर्शनमा उत्रेका सेवाग्राहीहरुको आरोप छ ।

पुर्व प्रतिनिधि सभा सदस्य साहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु नागरीकता बनाउन पैसाको चहलखेल गरेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालयले डोर हाजरीमा केही कर्मचारी भर्ना गरेको र ती कर्मचारीहरु पैसाको सेटिङ्ग गर्ने गरेको, अनलाईन टोकन सिस्टम लगाएर पैैसा सिस्टम बनाएको , नागरीकताको प्रतिलिपी लिन जाँदा सक्कलै नागरिकता खोज्नुु कति हास्यस्पद कुुरो हो र पैसा नदिएपछी सरजमिन काटने गरेको पुर्व प्रतिनिधि सभा सदस्य साहको आरोप छ । सिडियो ईन्द्र देव यादवलाई गुणासो गर्दा प्रशासकीय अधिकृतले कुरै नटरेको गैर जिम्मेवार जवाफ फर्काउने गरेको पुर्व प्रतिनिधि सभा सदस्य साहले बताए ।यसले प्रष्ट हुन्छ प्रमुख जिल्ला अधिकारी यादव कर्मचारीहरु मर्फत घुुस लिनेको गरेको छ पुर्व प्रतिनिधि सभा सदस्य साहले भने ।

त्यसैले गर्दा सर्लाहीमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारीहरुको मनोमानी विरुद्ध सर्लाहीका राजनैतिक दलहरुका प्रतिनिनिधिहरुले संयुुक्त प्रेस विज्ञप्ती जारी गरेको पुर्व प्रतिनिधि सभा सदस्य साहले बताए ।प्रदर्शनमा स्थानिहरुलेले नागरिकतामा घुसखोरी बन्द गर बन्द गर नारा घनकाएका थिए । शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडी पुुःन प्रदर्शन तथा धर्ना कार्यक्रम राखिएको पुर्व सांसद साहले बताए ।

यसैगरी सर्लाहीका राजनैतिक दलले संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । प्रेस विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालयका अधिकृत गुुण बहादुर भुजेलले प्रमुख जिल्ला अधिकारीको मिलोमतोमा विना कारण आर्थिक असुल उपर गर्ने जस्ता जनतालाई अनावश्यक दुःख दिई नागरिकता प्रक्रियालाई जटिल बनाउने उदेश्यले वंशज नागरिकतालाई पनि सहरजमिन काट्ने नियत बस फाईल ,हराई आर्थिक लेनदेन गरि रहेको उल्लेख छ । सो समस्या बुुझ्न जाँदा अटेर गरि प्रजिअ यादव समेत गम्भिरता नलिई उल्टै जिल्ला प्रशासन कार्यालय भित्र जनप्रनिनिधी तथा सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रेस विज्ञप्तीमा नेपाली कांग्रेसका जिल्ला सभापती सुरेन्द्र कुमार सिंह, नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सुरेश साह, नेकपा माओवादी केन्द्र मलंगवा नगर कमिटी सचिव राजेन्द्र प्रसाद यादव, जन्ता समाजवादी पार्टी नेपालका जिल्ला उपाध्यक्ष गणेश कुमार यादव, जनमत पार्टी प्रतिनिधि लक्की राय यादव र लोसपा नेपालका जिल्ला उपाध्यक्ष मो. हुसैन खानले संयुुक्त रुपमा हस्ताक्षर गरेको छ ।

यसैगरी सर्लाहीका राजनैतिक दलका प्रतिनिधिहरुले नागरिकता पिडितहरु जिल्ला प्रशासन कार्यालय अगाडी ति बिघे मैदानमा बिरोध प्रदर्शन एवं धर्ना कार्यक्रममा उपस्थित हुन आह्वान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार