अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १८, बिहीबार १२:०७

 

सर्लाही,साउन १८
६ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत सर्लाहीले जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र पिडितलाई ५० हजार रुपैया क्षतिपूर्ति बापत बुझाउनु पर्ने सजाय सुनाएका फरार प्रतिवादी साउन १४ गते पक्राउ गरेका हुन् ।
प्रहरीले साविक बरहथवा नगरपालिका वडा न-७ बस्ने राज किशोर पंडितको छोरा उदय कुमार पंडित कुम्हारलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरेको हो । २०६६ साल जेठ २ गते आफ्नै गाउँकी एक ६ वर्षीया नाबालिकलाई जबर्जस्ती करणी गरेर फरार भएका पंडितलाई २०६९ असाढ ३१ गते जिल्ला अदालतले १२ वर्ष कैद र पिडित लाई ५० हजार रुपैया क्षतिपूर्ति बापत दिनुपर्ने सजाय सुनाएका थिए।
पक्राउ परेका पंडितलाई कैद भुक्तानको लागि कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी”एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार