२०८० श्रावण १३, शनिबार १८:०३
सर्लाही,साउन १३
सर्लाहीको बलरा नगरपालिका वडा न-१ हथियौल गाउँमा चट्याङ लागेर एउटा भैसी सहित एकजना गोठालोको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय वर्ष ४५ को अर्जुन पटेल रहेको छ।
पटेलको शनिवार दिउँसो करिब डेढ बजे भैसी चराइरहेको अवस्थामा पानी सँगै परेको चट्याङ लागेर भैसी सहित मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।





