अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १३, शनिबार १७:३७

सर्लाही,साउन १३
विभिन्न १४ बुँदे मागहरु राख्दै संयुक्त विद्यार्थी संगठनले सर्लाही क्याम्पसका क्याम्पस प्रमुख राजेश यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।लोकतान्त्रिक विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ,जनमत विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापनपत्र मार्फत विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था हुनुपर्ने ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था हुनुपर्ने ,प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने ,+2 तथा स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने र विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अधि सारेको नेपाल विद्यार्थी संघका अध्यक्ष एवं स्ववियु सभापति प्रत्यासी सुजित कुमार यादवले बताएको छ।
ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख यादवले क्याम्पस व्यवस्थापनका अधिकांश कामहरु भइसकेकोले यी मागहरु पनि पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
लोकतान्त्रिक वि.संघका अध्यक्ष आकाश कुमार यादव,नेविसंघका अध्यक्ष सुजित कुमार यादव,जनमत वि.संघका अध्यक्ष अहमद नुरानी र समाजवादी वि.यु का अध्यक्ष राम प्रवेश साहले संयुक्तरूपमा हस्ताक्षर गरि क्याम्पस प्रमुख यादवलाई ज्ञापनपत्र बुझाएका हुन।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार