अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ११, बिहीबार ०८:३४

 

सर्लाही,साउन ११
सर्लाहीको चक्रघट्टा गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ।
बिरामीहरुको स्वास्थ्योपचार सेवालाई सरल, सहज र सुलभ तरिकाले उपलब्ध र सेवा प्रवाहमा सहजता ल्याउनका लागि यस पालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको लेखापाल संजय ठाकुरले बताउनुभएको छ। जिल्ला केही बाहेक अधिकांश पालिकाले सरकारी स्तरबाट एम्बुलेन्स संचालन नगरेको अवस्थामा चक्रघट्टा गा.पा ले नागरिकको सेवाका लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएर स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको लेखापाल ठाकुरले बताउनुभयो।गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिक लगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको ठाकुरको भनाइ छ ।
उहाँले एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अव अन्त्य हुने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार