अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण ११, बिहीबार ०८:२३

सर्लाही,साउन ११
सर्लाहीको कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि मलंगवामा संचालित ३ दिने मध्यवर्ती प्रशिक्षण सम्पन्न भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा सोमबारदेखि संचालन भएको तालिम बुधबार सम्पन्न भएको हो।
यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण लिएका स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले कबिलासी न.पा का २२ जना महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती प्रशिक्षण दिएको जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए ।संस्थाले विभिन्न मोड्युलमा स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि महिला सदस्यहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि संजाल निर्माण गर्न लगायतका विषयमा प्रशिक्षण दिएर उनीहरूको क्षमता अभिबृद्धि गरेको श्रेष्ठले बताए ।
माण्डवी सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तालिमको अन्तिम दिन श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त गरेका सीप , ज्ञान र अनुभवलाई एकआपसमा आदानप्रदान गर्न साथै “दुस्प्रचार र द्वेषपुर्ण अभिव्यक्ति अहिल्यैबाट रोकौ” अभियानमा जुट्न आग्रह गरेका थिए।सहभागी महिला जनप्रतिनिधिहरुले पनि सो अभियानमा लागेर आफ्नो वडा समुदायमा जनचेतना अभिवृद्धि गर्ने र गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यस संस्थाले जिल्लाको कबिलासी नगरपालिकासहित बरहथवा,हरिवन,बागमती र हरिपुर्वा नगरपालिकामा गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ।
मलंगवा-९ स्थित नवरंग होटलमा गुन्जा साहले संचालन गरेको तालिममा सहभागीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार