
अनवर अहमद —
सर्लाही १० श्रावन । एनएमबी खाताधारीहरुले सर्लाहीको मलंगवा ९ स्थित बिरबलको खिचडी होटलमा १० प्रतिसत छुट पाउने भएका छन । मलंगवा स्थित एनएमबी बैंक शाखा मलंगवा र बिरबलको खिचडी होटेल बिच विभिन्न सेवा समबन्धमा हिजो एक कार्यक्रम बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहकार्यमा एनएमबी बैंकका खाताधारी जो कोहीलाई उक्त होटेलबाट सेवा लिदा एनएमबी बैंकको कार्ड वा इ एनएमबी एपबाट भुक्तानी गर्दा खाना,नास्ता र पेय पर्दाथमा १० प्रतिसत छुट पाउने व्यवस्था मिलाईएको शाखा प्रबन्धक दिलिप कुमार श्रेष्ठले जानकारी गराए । एनएमबी बैंक “दि फिनान्सीयल टाईम्स लण्डन” को द बैंकर पत्रिकादृारा एसिया कै सर्वोत्कृष्ट बैंक “बैक अफ द इयर एसिया” को उपाधीबाट सम्मानित भएको बैंक हो । बैंक र होटल बिचको यो सहकार्यले बैंकको खाताधारी तथा होटलको ग्राहकमा बृद्धि हुने अनुमान गरिएको छ ।
२०८० श्रावण १०, बुधबार १८:१२
ताजा समाचार
ट्रेडिङ समाचार
© 2026: Sourya Khabar All Rights Reserved | Pravicy Policy
Powered By: Pro-Tech





